एमालेबाट ५४.४४ प्रतिशत नयाँ अनुहार उम्मेदवार

लोकप्रिय

काठमाडौँ, माघ ६ गते । नेकपा (एमाले) ले देशभर एकसय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगको मनोनयन दर्ता गराउने कार्यतालिका बमोजिम मङ्गलबार एमालेले उम्मेदवारी दर्ता गराएको हो । उहाँका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले एमालेले अगाडि सारेको सिङ्गो उम्मेदवार सङ्ख्यामध्ये ५४.४४ प्रतिशत नयाँ अनुहार रहेको जानकारी दिनुभयो ।

सबैभन्दा बढी कोशीमा ५३.५७ प्रतिशत नयाँ अनुहार रहेको उहाँको भनाइ छ । मधेस र सुदूरपश्चिममा ५०–५० प्रतिशत नयाँ अनुहार रहेको उहाँको भनाइ छ । यसैगरी, कोशीमा ५३.५७ प्रतिशत, कर्णालीमा ७५ प्रतिशत, बागमतीमा ६०.६० प्रतिशत र गण्डकीमा ६१.११ प्रतिशत नयाँ अनुहारको उम्मेदवारी दर्ता भएको छ । उहाँले सबैभन्दा कम लुम्बिनीमा ४२.३० प्रतिशत नयाँ अनुहार दर्ता भएको जानकारी दिनुभयो।

उहाँले आगामी निर्वाचनले नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोड लिने तथा संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमन विरुद्धको जनमत सङ्ग्रहका रुपमा लिएको बताउनुभयो।

ताजा समाचार

Related Articles