रेशम चौधरीको उम्मेदवारी खारेज

लोकप्रिय

काठमाडौँ, माघ ८ गते । निर्वाचन आयोगले कैलाली क्षेत्र न १  बाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिनुभएका रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ ।

चौधरीको उम्मेदवारी विरुद्ध परेको उजुरी छानविन गर्दै आयोगले उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । आयोगमा पाँच जनाको मनोनयन विरुद्ध  उजुरी परेको थियो ।

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो

ताजा समाचार

Related Articles