सिद्धार्थको स्वर्ण महोत्सव सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ ८ गते । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सम्पन्न भएको सम्पन्न भएको छ ।
विद्यालय परिसरमा बुधबार शिक्षक, कर्मचारी, सहयोगी, हाजिरीजवाफ प्रतियोगिताका विजेता उपविजेतालाई पुरस्कृतलगायतका कार्यगरी गरी महोत्सवको समापन नगरिएको हो ।

स्वर्ण महोत्सव आयोजक मूल समारोहका संयोजन एवं हेटौँडा उपमहानगरपालिका २ का वडाध्यक्षको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमका विद्यार्थीहरुको साङ्गीतिक प्रस्तुती रहेको थियो ।
स्वर्ण महोत्सवका अवसरमा आयोजित नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम हुँदै ५० हजार रुपियाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमी द्वितीय, हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतन माध्यमिक विद्यालय तृतीय र हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय सन्त्वना स्थान हासिल गरेको गरेको थियो ।
विद्यालयको बाल समूहको आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयको सहकार्यमा भएको प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयले क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा संस्थागत र सामुदायिक गरी ३६ वटा विद्यालयको सहभागिता रहेको थियो । महोत्सवका अवसरमा विविध रचनात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

ताजा समाचार

Related Articles