खासकुरा संवाददाता
हेटौँडा, माघ ८ गते । कान्ति लोकपथ सडकअन्तर्गत मकवानपुरमो बकैया गाउँपालिका ११ आँपचौरको मोडमा बलगर ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्युभएको छ । 
वीरगन्ज महानगरपालिका १० पानीट्याङकी बस्ने ५० वर्षीय अनुराग श्रेष्ठको मृत्युभएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ले जनाएको छ । जितपुर भन्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०९५२ नम्बरको बलगर ट्रकले बिहीबार दिउँसो म.प्र.०३–०३९ प ५६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले ४ः३० बजेको समयमा मृत घोषणा गरेको प्रहरीको भनाई । प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




