अवैध रुपमा ल्याईएका गोरूसहित दुई जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १० गते । अवैध रुपमा ल्याइएको गोरुसहित दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरी चेकपोष्ट अगाडिबाट शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १२२० नं. को मिनी आइचर ट्रकलाई रोकी जाँच गर्ने क्रममा आवश्यक कागजपत्र बिना अवैध रुपमा ल्याईएका सात वटा चौपाय ( गोरु) सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
ट्रक चालक हेटौँडा उपमहानगरपालिका १५ का वर्ष २५ का अखिल भण्डारी र सहचालक मनहरी गाउँपालिका ७ का वर्ष ४२ का खडकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पशु सेवा केन्द्र मकवानपुर पठाईएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles