खोलामा डुबेर तीन बालकको मृत्यु

लोकप्रिय

गाईघाट, साउन १४ गते । उदयपुरको कटारी नगरपालिका वडा ३ का एकै परिवारका दुईसहित तीन बालकको स्थनीय हडैया खोलामामा डुवेर बिहीवार सांझ मृत्यु भएको छ।

उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार ७ र ११ का एकै दाजुभाइ र निजहरुकै नातेदार पर्ने ८ वर्षका वालक बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल कटारीको संयुक्त टोलीले खोजी गरेको थियो।

खोजतलास गर्ने क्रममा कटारी नगरपालिका वडा ३ स्थित हडैया खहरे खोलामा पौडी खेल्ने क्रममा तिनै जनालाई डुबेको अवस्थामा फेला पारी  उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा चिकित्सकले साँझ ६ बजे तीनै जनालाई मृत घोषणा गरेको उहाँले बताउनुभयो । मृतकहरुको शव हाल कटारी अस्पतालको शव गृहमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

ताजा समाचार

Related Articles