प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा गौतम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १० गते । प्रजातान्त्रिक विचार समाज, मकवानपुर शाखाको अध्यक्षमा राजु गौतम निर्वाचित हुनुभएको छ ।
समाजको शनिबार हेटौँडामा सम्पन्न वार्षिक साधारण सभाले गौतमलाई तीन वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षका राधाकृष्ण मैनाली, सचिवमा तेज कुमारी थापा,
कोषाध्यक्षमा गीता ओझा तथा सदस्यहरुमा रमा चौलागाईं, निता मानन्धर, हरेराम आचार्य, पम्फा पुरी र रचना मानन्धर सर्वसम्मत् चयन हुनुभएको छ ।

यसअघि समाजको साधारण सभा तथा लोकतन्त्रको भविष्यः युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष कूलचन्द्र वाग्लेले लोकतन्त्रमाथि पछिल्लो समय चुनौती थपिएको बताउनुभयो ।
उहाँले जेन्जी आन्दोलनपछि उत्पन्न विशेष अवस्थाको निकासका लागि निर्वाचन उपयुक्त विकल्प भएको बताउनुभयो ।
समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालले लोकतन्त्रलाई संस्थागत गर्न वैचारिक बहश आवश्यक भएको भन्दै युवा पुस्ताको भावनालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय जयराम लामिछाने र उमा दाहालले लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र भएको भन्दै युवा पुस्ताको भावना अनुसार कांग्रेसमा परिवर्तन आएको बताउनुभयो ।

समाजका अध्यक्ष डा. देवकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष भरतप्रसाद दुवाडी, कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णु लामिछाने, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष भिषण ठकुरी, समाजका उपाध्यक्ष राधाकृष्ण मैनालीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठलगायत लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles