कैलाशमा लागूऔषध दुर्व्यसन विरुद्धको सचेतनामूलक कार्यक्रम

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १३ गते । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागूपदार्थ सेवन गर्ने युवाको संख्या बढ्दो रहेको बताउनुभएको छ । कैलाश ९ मा रहेको कालिका माविमा सोमबार आयोजित लागूऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले गाँजाभन्दा पनि अफिमबाट उत्पादित ब्राउन सुगर प्रयोगमा युवाको संख्या वृद्धि भइरहेको बताउनुभयो ।

लागुपदार्थ प्रयोग न्यूनीकरणमा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ, कच्चापदार्थ उत्पादित क्षेत्रको रुपमा गाउँपालिका चिनिरहेको अवस्थामा सयौं नागरिक भरियाको रुपमा समातिरहेका छन्, त्यसलाई पनि न्यूनिकरण गर्न बालबालिका, विद्यार्थीहरु लक्षित कार्यक्रम गरि अभिभावकलाई सचेत गराउन लागिएका हौैैँ, अध्यक्ष मुक्तानले भन्नुभयो ।
उहाँले गाँजा र अफिमको विकल्पमा तरकारी तथा अन्य बाली लगाउनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर रिकभरिङ समूहको आयोजनामा सचेतनामूलक कार्यक्रम भएको हो । समूहका प्रवन्धक निर्देशक संदीप शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद कालाखेती, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । समूहले कैलाशका ६ वटा माध्यामिक विद्यालयमा उक्त सचेतना कार्यक्रम गर्नेछन् । सोमबार नै कैलाश १० मा रहेको रत्न ज्योति माध्यमिक विद्यालयमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो ।

ताजा समाचार

Related Articles