खासकुरा संवाददाता
हेटौँडा, माघ १३ गते । चितवनको माडी नगरपालिका १ मरङखोलामा गैंडाको आक्रमणबाट एक जनाएको मृत्युभएको छ ।
माडी नगरपालिका १ कल्याणपुरका २१ वर्षीय अशोक भट्टराइको गैंडाको आक्रमणबाट सोमबार मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

घाँस दाउरा गर्न गएको अवस्थामा निजलाई गैँडाले आक्रमण गरी गम्भीर घाईते भएपछि भरतपुर सरकारी अस्पतालमा उपचारपछि थप उपचारका लागि नँया मेडिकल कलेज भरतपुरमा पठाइएको थियो । भट्टराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सोमबार राति २१ः०२ बजेको समयमा मृत्यु भएको प्रहरीको भनाई छ ।




