एमालेले बनायो निर्वाचन परिचालन समिति

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, माघ १३ गते । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरले प्रतिनिधिसभा निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभाका उम्मेद्वार रामेश्वर रानाको संयोजकत्वमा दुई हजार २५ सदस्यीय परिचालन समिति गठन गरेको हो । उक्त पार्टीको जिल्ला कमिटी बैठकले केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी, प्रदेश निकाय सदस्य, जिल्ला कमिटी सदस्यहरू, निर्वाचित जनप्रतिनिधि, जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला, पालिकाका पदाधिकारी, स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरू रहेको जिल्ला निर्वाचन परिचालन कमिटी बनाएको छ ।

निर्वाचन परिचालन कमिटीको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहनु भएको छ । ७७ सदस्यीय निर्वाचन परिचालन कमिटीको सचिवालय समिति गठन गरिएको जिल्ला उपाध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
यस्तै पूर्व मूख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति, प्रतिनिधिसभा १ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक नवीन सिग्देल र कमल विष्ट, सचिव अनिल बानियाँ र प्रतिनिधिसभा २ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक भारती पाठक, सहसंयोजक बलराम बल र राजाराम स्याङ्तान र सचिव मेम्मर लोलाई जिम्मेवारी दिईएको छ । निर्वाचन परिचालनको प्रचार समिति संयोजक नवीन सिग्देल, अनन्त पौडेलको संयोजकत्वमा निर्वाचन घोषणा पत्र निर्माण समिति, आर्थिक व्यवस्थापन संयोजक गोपाल श्रेष्ठ, प्रशासनिक संयोजक हिदम लामा, जनसाँस्कृतिक संयोजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयोजक सीता विष्ट, कार्यालय सञ्चालन व्यवस्थापन आरती पाठक, भूगोल बाहिर रहेका मतदाता समन्वय समिति फूर्वादोर्जे लामा, कानुनी परामर्श संयोजक मदन दाहाल, उम्मेद्वार फोकल पर्सन १ नं. क्षेत्र दिलु घर्ती र २ नं. क्षेत्र आशिष अस्लामी रहनु भएको जानकारी गराईएको छ । बैठकले १० वटा पालिका, २ ईलाका कमिटी र १ सय २ वटा वडामा समेत निर्वाचन परिचालन समितिको संयोजक, सहयोजक र सचिव तोकेको छ । माघ महिनाभित्र सबै जनसंगठनको जिल्ला र पालिकास्तरमा निर्वाचन सहयोग समिति बनाउने र १० पालिका, २ ईलाकामा र १ सय २ वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरि कार्य अगाडि बढाउने निर्णय गरेको उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

जिल्ला उपाध्यक्ष हिदम लामाको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सचिव महेश बस्नेतको प्रमुख आथित्यता, केन्द्रीय सदस्यहरू रामेश्वर राना, महेशकुमार बर्ताैला, भारती पाठक, एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामालगायत प्रदेश कमिटीका सदस्यहरूको आथित्यता रहेको थियो ।

ताजा समाचार

Related Articles