निर्वाचन अवधिभर राजनीतिक दलले के गर्न हुँदैन ?

लोकप्रिय

काठमाडौँ, माघ २५ गते ।  २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु भएको अवस्था छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी, भयमुक्त एवम् मितव्ययी रुपमा सम्पन्न गर्नका लागि आयोगबाट पुस १३ गते निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भएको थियो ।

निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठनले कुनै जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्दछ ।

– निर्वाचनमा दलको चिन्ह अङ्कित सामान बोक्न नहुने ।
– कसैको निजी घरमा चुनाव चिन्ह राख्न नपाइने ।
– बालबालिका प्रयोग गर्न नपाइने ।
– मतदाता ओसारपसार गर्न नपाइने ।

ताजा समाचार

Related Articles