काठमाडौँ, फागुन २ गते । आम जनता पार्टी (आजपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, नेता ऋषिराज धमला, सहअध्यक्ष तिलक थापामगर लगायतका नेताहरूले संयुक्त रूपमा सो घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, करको सीमा र निःशुल्क आधारभूत सेवासहितका व्यापक सुधारका एजेन्डा अघि सारेको छ ।

यस्तै, शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिबद्धता व्यक्त गरिएको छ ।




