लक्ष्यको ८१.४३ प्रतिशत राजस्व सङ्कलन

लोकप्रिय

काठमाडौँ, फागुन २ गते । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा छ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले शुुव्रmबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवको माघ मसान्तसम्म छ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । सो राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो । गत आवको माघ मसान्तसम्म छ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपियाँ राजस्व सङ्कलन  भएको थियो ।

मन्त्रालयले माघ मसान्तसम्म कुल आठ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । सात महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८१.४३ प्रतिशत मात्र प्रगति हासिल भएको छ । सरकारले चालु आवका लागि १४ खर्ब ८० अर्ब रुपियाँ कुल राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा माघसम्म सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४४.९३ प्रतिशत छ ।

यस्तै सरकारले भन्सार महसुलतर्फ एक खर्ब ७० अर्ब ५० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा एक खर्ब ३५ अर्ब ३२ करोड रुपियाँ मात्र सङ्कलन भएको छ । यो लक्ष्यको ७९.३७ प्रतिशत मात्र हो । यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ माघसम्म दुुई खर्ब १७ अर्ब २१ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकामा एक खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रुपियाँ सङ्कलन  भएको छ । गत वर्ष सोही अवधिमा एक खर्ब ८२ अर्ब ६० करोड रुपियाँ सङ्कलन भएको थियो । भ्याट अन्तर्गत उत्पादन, बिक्री र सेवामा ७.८० प्रतिशत र पैठारीतर्फ ७.४२ प्रतिशतको वृद्धि भएको अर्थ मन्त्रालले जनाएको छ ।

ताजा समाचार

Related Articles