टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

लोकप्रिय

हेटौँडा, फागुन ५ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्लाका २८ वर्षीय जगदीश थारुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा बताउनुभयो।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार दाङको राप्ती गाउँपालिका ६ का २२ वर्षीय आदित्य चौधरी घाइते भएको र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र टिपरका चालक हेटौँडा उपमहानगरपालिका १५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles