युद्धग्रस्त यमनमा खडेरीको चुनौती

लोकप्रिय

यमन ।  वर्षौँदेखिको अशान्तिको बोझले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौती सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रका लागि झनै खतरा निम्त्याएको छ ।

कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरूमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरू देखिएका छन् । राजधानीबाट करिब १० किलोमिटर उत्तरपूर्वमा रहेको सावन गाउँमा पानीको जलाशय सुकेका छन् ।

यस वर्ष यमनमा कम वर्षा भएको छ । जसकारण कृषि क्षेत्रमा उल्लेख्य अन्नबाली लगाउन जनताले सकेका छैनन् । हालैको एक प्रतिवेदनमा संयुक्त राष्ट्र (युएन) ले जलवायु परिवर्तनसम्बन्धी प्राकृतिक प्रकोपहरूले युद्धग्रस्त देशमा मानवीय सङ्कट बढाएको र मौसमी घटनाले सिँचाइ सुविधा ध्वस्त पारेको बताएको छ ।

यमनमा खाद्यान्न र जीविकोपार्जनमा असुरक्षा बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०२२ यता प्राकृतिक प्रकोप र अन्य प्रकोपका कारण विस्थापित व्यक्तिहरूको सङ्ख्या दोब्बर भएको बताएको छ ।  एजेन्सी

ताजा समाचार

Related Articles