खासकुरा संवाददाता
हेटौँडा, फागुन १० गते । रोटरी इन्टरनेशनलको वार्षिकोत्सवको अवसरमा हेटौँडा सामुदायिक आँखा अस्पताल, हेटौँडालाई सहयोग गरिएको छ ।
रोटरी इन्टरनेशनलको १२१ औं वार्षिकोत्सवको आइतबार सामुदायिक आँखा अस्पताललाई ६० थान म्याट्रेस प्रदान गरिएको हो ।

आँखा अस्पतालमा उपचारका लागि आउने आँखारोगीहरुका लागि आवश्यक म्याट्रेस अस्पतालका प्रमुख डा.सुनिल थकालीलाई रोटरी क्लब हेटौँडाका अध्यक्ष प्रमेश प्रधानलगायतका उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।




