काठमाडौँ, फागुन १४ गते । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म निर्वाचन आचारसंहिता लागु हुने छ ।

उहाँका अनुसार निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त, वातावरण कायम राख्न आवश्यक रहेकाले निर्वाचन आचारसंहिता लागु गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त आचारसंहिता बनाइएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–७ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण उल्लेख छ ।




