चार राजनीतिक दललाई सोधियो स्पष्टीकरण

लोकप्रिय

काठमाडौँ, फागुन १५ गते । निर्वाचन आयोगले चार राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगबाट सोधिएका स्पष्टीकरणमध्ये राजनीतिक दलहरूलाई सोधिएका स्पष्टीकरणको सङ्ख्या चार र उम्मेदवारलाई सोधिएको स्पष्टीकरणको सङ्ख्या ३३ रहेको छ ।

त्यसबाहेक सरकारी÷शैक्षिक संस्था÷कर्मचारी तथा अन्य व्यक्तिलाई ५१ वटा स्पष्टीकरण सोधिएको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा आठ, मधेस प्रदेशमा १३, बागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा सात, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चारवटा रहेका छन् ।

ताजा समाचार

Related Articles