खासकुरा संवाददाता
हेटौँडा, फागुन २६ गते । मकवानपुर प्रहरी गाँजासहित मकवानपुरको मनहरीबाट दुई जनालाई नियन्त्रणमा दिएको छ ।
इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं. ८ सिमपानीस्थित भित्री सडकखण्डबाट अटो चालक मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६ का सन्त सिंह लामा र वडा नं. २ का सन्तवीर मोक्तानलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भित्री सडकखण्डको देवकोट तर्फबाट सिमपानी आउँदै गरेको बा.प्र.०३–००१ ह २०७६ नं को अटोलाई शंका खानतलासी गर्दा उक्त अटो भित्र लुकाई ल्याएको लागूऔषध गाँजा १०७ किलो ९१० ग्राम फेला परेको थियो ।
गाँजा र अटो बरामद गरी निजहरु लामा र मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।




