राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट

लोकप्रिय

काठमाडौँ, चैत ३ गते। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले मङगलबार पूर्व प्रधानमन्त्री ओलीको निवास भक्तपुर गुण्डु पुगेर उहाँका पिता मोहनप्रसादको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।

सो क्रममा राष्ट्रपति पौडेलले स्वर्गीय मोहनप्रसादको तस्बिरमा माल्र्यापण गरी उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । साथै, उहाँले पूर्व प्रधानमन्त्री ओलीसहित शोकाकुल परिवारजन, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्नुभयो ।

यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। मंगलबार दिउँसो भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उपराष्ट्रपति यादवले पितृशोक रहनुभएका ओलीसँग भेट गरेर समवेदना प्रकट गर्नुभएको हो।

उपराष्ट्रपति यादवले  अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। शोकको  घडीमा उपराष्ट्रपतिले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति एवं समवेदना व्यक्त गर्नुभएको हो। एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको  फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।  

ताजा समाचार

Related Articles