प्रदेश लोक सेवा आयोगको सदस्यमा घिमिरे नियुक्त

लोकप्रिय

हेटौँडा, चैत ३ गते । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशको सदस्य पदमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा घिमिरेलाई आयोगको सदस्य पदमा नियुक्त गर्नुभएको हो ।
सोही ऐनको दफा ४ को उपदफा (२) बमोजिम आयोगको सदस्य पदमा नियुक्त काठमाडौँ महानगरपालिका वडा नं. १० निवासी घिमिरेलाई आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख देवकोटाको समुपस्थितिमा सोमबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुख देवकोटा र ज्यूको समुपस्थितिमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठज्यू समक्ष प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका सदस्य पुनम घिमिरेज्यूले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४ को उपदफा (३) बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, स्वास्थ्य मन्त्री किरण थापा, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles