प्रेस काउन्सिलको वार्षिक उत्सवमा पत्रकार सम्मानित

लोकप्रिय

काठमाडौँ, असोज ६ गते । गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराई सम्मानित हुनु भएको छ । प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा भट्टराई लगायत विभिन्न सञ्चारकर्मी र व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

काउन्सिलले शनिवार बिहान आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान गर्नुभएको थियो । त्यस्तै, गोरखापत्रका बागमती संयोजक राममणि दाहाल र गण्डकी संयोजक रमेश पौडेल पनि सम्मानित हुनुभएको छ । काउन्सिलले प्रमुख समाचारदाता भट्टराईसहित १६ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्र जङ्ग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रवीन्द्र घिमिरे, कृष्ण अधिकारी, उदय जिएम र राजकुमार कार्की रहनुभएको छ । 

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरेको छ । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई दिइएको छ । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार दुई जना पत्रकार सागर पण्डित र चूडामणि भट्टराईले पाउनु भएको छ । प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक,र माधवसिंह धामीलाई दिन लागिएको काउन्सिलले जनाएको छ ।

त्यस्तै, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई दिइएको छ । पत्रकारहरू विमल ज्ञवाली, जीवन भण्डारी, शङ्कर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज बास्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले पाएका छन् ।

त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १९ जना पत्रकारलाई दिइएको छ । पाण्डव शर्मा, मीन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदीश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवश डिसी र ओमकार आचार्यलाई दिइएको हो ।

प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईँ, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्कालाई दिइएको हो । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सात जना पत्रकारलाई दिइएको काउन्सिलले जनाएको छ । सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्धिकीलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार दिइएको छ । 

त्यस्तै, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमलाई दिइएको छ । प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुराँस द्वैमासिकका खिमानन्द पोखरेलले पाउनुभएको छ भने प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीलाई दिइएको छ । 

ताजा समाचार

Related Articles