खाग चोरीमा संलग्न फरार दुई जना पक्राउ

लोकप्रिय

हेटौँडा, असोज ७ गते।

प्रहरीले गैँडा मारेर खाग चोरी गरेको मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका १६ स्थित हटियाबाट हाल सोही वडामा बस्दै आएका चितवन जिल्ला पदमपुर घर भएका विष्णु कार्की र काले बानियाँलाई प्रहरीले पक्राउ गरेको हो। 

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा अनुसार ५२ वर्षीय कार्की र ४६ वर्षीय बानियाँ गैँडा मारेर खाग चोरी मुद्दाका प्रतिवादी रहेको र फरार अवस्थामा पक्राउ गरिएको हो। उनीहरूमाथि आवश्यक कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको जनाइएको छ।

यस्तै प्रहरीले चोरीको मोटरसाइकलसहित चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका र मदिरा भन्सार छलेर ल्याउनेलाई आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सार्वजनिक गरेको छ।

सर्लाही जिल्ला बरहथवा नगरपालिका ३ स्थित मुर्तियाका दुर्गाबहादुर स्याङतानलाई चोरी गरेको मोटरसाइकलसहित पक्राउ गरिएको हो।

गत शुक्रबार हेटौँडा उपमहानगरपालिका १० स्थित टिसिएन रोडका अशोककुमार सिंहले आफ्नै घर अगाडि पार्किङ गरी राखेको बा. प्र. ०३–००१ प ३४५९ नम्बरको १५५ सिसिको निलो रङ्गको मोटरसाइकल चोरी भएको थियो। 

बरामद भएको मदिरा, सवारी साधनसहित चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने भएको छ।

कारचालक भारत कलोनी रघुवीर नगर सुवासनगर पश्चिमी दिल्लीका २७ वर्षीय बिक्की, उत्तर पश्चिम दिल्लीका २५ वर्षीय राहुल, पश्चिमी दिल्लीका २८ वर्षीय कुनाल, रघुवीर नगर टैगोर गार्डेन पश्चिमी दिल्लीका ३१ वर्षीय नहिम र पश्चिमी दिल्लीका ३७ वर्षीय राजुलाई प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको छ।

ताजा समाचार

Related Articles