यो प्रतिसोध नभइ न्यायको सुरुवात: गृहमन्त्री गुरुङ

लोकप्रिय

काठमाडौँ, चैत १४ गते । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको बताउनुभएको छ । आज शनिबार बिहान पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताउनुभयो ।

‘‘PROMISE IS A PROMISE :  कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उहाँले लेख्नुभएको छ, ‘‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’’ उहाँले अब देशले नयाँ दिशा दिने समेत बताउनुभएको छ ।

ताजा समाचार

Related Articles