ओली र लेखक पक्राउपछि राप्रपा नेता थापाको टिप्पणीः सरकार प्रतिशोधको बाटोमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले वर्तमान सरकार प्रतिशोधको बाटोतर्फ लागेको बताउनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई आज शनिबार प्रहरीले पक्राउ गरेसँगै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
ओली र लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको सरकार ‘निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा’ लागेको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, “वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन्।” उहाँले भन्नुभएको छ, सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ।
राप्रपा नेता थापाले राजनीतिक मतभेदलाई संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै सरकारलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

 

ताजा समाचार

Related Articles