जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु

लोकप्रिय

खजुरा, चैत १५ गते । बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवती उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब १२ बजेको समयमा करिब २५–३० वर्षीया युवती आगोले जलेर घाइते अवस्थामा फेला पर्नुभएको थियो।

उपचारका लागि तत्काल भेरी अस्पताल पुर्‍याइए पनि, उपचारकै क्रममा उहाँको मृत्यु भएको जानकारी अधिकारी पातलीले दिनुभयो। हालसम्म मृतकको पहिचान हुन सकेको छैन र शव भेरी अस्पतालमै राखिएको छ।

ताजा समाचार

Related Articles