ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकप्रिय

काठमाडौँ, चैत १५ गते । काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले उहाँहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साथै ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेकाले प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न पनि अदालतले आदेश दिएको छ । प्रहरीले ओली र लेखकलाई सरकारी वकिलको कार्यालयमार्फत १० दिन म्याद थप गर्न काठमाडौँ अदालतमा पेश गरेको थियो । अध्यक्ष ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत ‘भर्चुअल’ उपस्थित हुनुभएको थियो भने नेता लेखक आफैँ उपस्थित हुनुभएको थियो ।

भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखकलाई चैत १४ गते शनिबार पक्राउ गरेको थियो । ओली र लेखकलाई गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर भएको छ । 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles