बागमती प्रदेश सभाको अधिवेशन आव्हान

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत २२ गते । वागमती प्रदेश सरकारले बागमती प्रदेश सभाको १७ औँ अधिवेशन यही चैत २४ गते आव्हान गर्न सिफारिश गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको आइतबार बसेको बागमती प्रदेश सरकारको मन्त्री परिषद् बैठकले बागमती प्रदेश सभाको अधिवेसन आगामी चैत २४ गते मङ्गलबार आब्हान गर्न बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष सिफारिसगर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, प्रदेश सभाको अधिबेशन यही चैत २४ दिउँसो ४ बजे बस्ने गरी आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गरिएको छ ।
मन्त्री परिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आब्हान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । मन्त्री परिषद बैठकको सिफारिशअनुसार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको अधिवेशन आब्हान गर्नुहुनेछ ।
यस्तै बैठकले गत फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने सम्पूर्ण मतदाता, कर्मचारी, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

Related Articles