राक्सिराङमा वृहत एकीकृत शिविर

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत २४ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित नवजीवन आधारभूत विद्यालय पाम्बुङमा बृहत एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ अभियान अन्तर्गत सोमबार आयोजना गरिएको बृहत एकीकृत घुम्ती शिविरका क्रममा देवीटार–गोङ¥याङ–पाङथली हुँदै सिलिङ्गे जोड्ने सडकको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गर्नुभयो ।

तीन वटा सडक अनुगमनसँगै कृषि तथा पशुपन्छीतर्फ घाँसको बिउ र औषधी १४१ जना, तरकारीको बिउ १४१ जना र मिनी टिलर दुई थान वितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । २१५ जना स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधी र पाँच जनालाई अपाङ्गता कार्ड वितरण गरिएको छ ।

आगलागी तथा हुरीबतासबाट पीडित दुई घरधुरीलाई चार बन्डल जस्तापाता वितरण, छ जना जेष्ठ नागरिकलाई सम्मान, पोषण स्वछता सामाग्री २५ जनालाई र २२५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै, लैंगिक तथा घरेलु हिंसा र कानुनी उपचारसम्बन्धी वडा स्तरीय कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रशासकीय प्रमुख सन्देश मास्के, वडा नम्बर ८ का वडाध्यक्ष हविल प्रजा, वरिष्ठ शाखा अधिकृत गोविन्द अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles