उद्योगी व्यवसायीलाई अन्याय गर्नु राज्यको धर्म होइनः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत २४ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले सँगसँगै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको नवौ प्रदेश सभा तथा अधिवेसनको सोमबार उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
उद्योगी व्यवसायीलाई अन्याय गर्नु राज्यको धर्म होइन, राजनीति गर्ने र देश चलाउनेले न्याय गर्नुपर्छ । व्यापारमा नाफा नोक्सान हुन्छ उहाँले अगाडि भन्नुभयो, लोकको हितमा काम गर्ने भएको लोकतन्त्र भनेको हो लोकतन्त्रवादीले अन्याय गर्नै हुँदैन । अन्याय गर्नेले समय अनुसार भोग्दै जानुपर्छ । लोकतन्त्रमा गल्ती गर्ने कसैलाई छुट हुँदैन ।
उहाँले हेटौँडामा सडक विस्तारका क्रममा प्रभावितहरुलाई सङ्घीय सरकार र राष्ट्र बैङ्कले ऋण र व्याजमा सहुलियत प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, हेटौँडाको बजार भत्काउँदा सरकार अलि निर्दयी भयो कि व्यवस्थित रुपमा काम गरिएनकी भन्ने गुनासो छ । त्यो गुनासो जाहेज हो भन्नेपनि छ गुनासोको सङ्घीय सरकारबाट व्यवस्थापन आवश्यक छ ।
मुख्यमन्त्री बानियाँले अहिलेको सङ्घीय सरकार जनताले ठुलो अपेक्षा गरेको सरकार, निजी क्षेत्रले पनि अपेक्षा गरेको सरकार हो । यो सरकारले जनताको कुरा सुन्नुपर्छ सुनिएन भने अन्याय हुने बताउनुभयो ।
बुलेटबाट होइन व्यालेटबाट आएको सरकार हो । यो सरकारले नागरिकको आवाज सुन्नु पर्छ उहाँको भनाई छ ।
उहाँले शासन चलाउँदा भयरहित पारदर्शी र स्वतन्त्र भएर चलाउनु पर्ने भन्दै सरकार निर्दयी हुनुहुँदैन कठोर हुनुपर्छ कानुन अनुशासन पालना गराउनुपर्ने बताउनुभयो ।
बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा महासंघका बागमती प्रदेशका संस्थापक अध्यक्ष दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

 

ताजा समाचार

Related Articles