उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

लोकप्रिय

काठमाडौं, चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य लब्धप्रतिष्ठित महानुभावहरूको उपस्थिति थियो । प्रतिनिधि सभामा आज भएको मतदानमा उहाँले कुल उपस्थित ‍‍२५६ मध्ये २२९ सदस्यको मत पाउनुभएको हो ।

ताजा समाचार

Related Articles