टोली हेगन पार्क विकास मञ्चको साधारण सभा सम्पन्न

लोकप्रिय

हेटाँडा, चैत २८ गते । हेटौँडा उपमहानगरपालिका १० स्थित टोनी हेगन स्मृति पार्क विकास मञ्चको साधारण सभा सम्पन्न भएको छ ।
नेपालका विकास विज्ञ डा टोनी हेगनको स्मृति निर्माण गरिएको टोली हेगन पार्कको सञ्चालक संस्था टोनी हेगन स्मृति पार्क विकास मञ्चको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको सभाहलमा शनिबार भएको पाँचौ साधारण सभामा सहभागीहरुले टोली हेगन पार्कलाई भौलिक पार्कको रुपमा विकास गर्ने अवधारणा अगाडि सारिएको छ ।

किार्यक्रममा पार्कका प्रमुख संरक्षक एवं हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीना कुमारी लामाले पार्कमा स्थानीयले अपनत्व लिएको हुनुपर्दछ भन्दै पार्क बाहिरबाट देखिने पारदर्शी बनाउनुपर्ने बताउनुभयो । परिवर्तित सन्दर्भमा अब सबैले आफैबाट परिवर्तन भएर काम गर्नुपर्ने उहाँको भनाई छ ।
नेपाल उद्यान महासङ्घका केन्द्रीय उपाध्यक्ष रघुनाथ खुलालले टोनी हेगन पार्कलाई यसक्षेत्रकै गन्तव्य स्थलको रुपमा विकास गर्न सबैको साझा पहल आवश्यक भएको धारणा राख्नुभयो ।
मञ्चका अध्यक्ष इन्द्रप्रसाद नेपालले पार्कमा नेपाली मौलिकता झल्कने सत्तल, ढुङ्गेधारा आदि निर्माण कार्य गर्न सरकारी दररेट नभएको, योजनाको मूल्याङ्कन गर्न कठिन हुनुका साथै दक्ष कालीगढ स्थानीय बजारमा अभाव रहेको भन्दै निर्माण कार्य उपभोक्ता समिति मार्फत गर्न विभिन्न प्रावधानले समस्या भएको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे तामाङ, पार्कका सल्लाहकारद्वय प्रताप विष्ट र सिद्धिलाल श्रेष्ठ तथा मञ्चका उपाध्यक्ष कृष्णप्रसाद दाहालले पार्कलाई अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
साधारण सभाले मञ्चका सचिव रामप्रसाद शर्माको प्रगति प्रतिवेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गणेशमान श्रेष्ठले प्रस्तुत गर्नुभएको लेखा समितिका प्रतिवेदन पारित गरेको थियो ।

ताजा समाचार

Related Articles