हेटौँडा, वैशाख ६ गते हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने भएको छ । यस अघि साईन्स, सिभिल ईन्जिनियरिङ्ग र व्यावस्थान विषयको अध्यापन हुँदै आएको भुटनदेवी माविले व्यवस्थापनतर्फ होटल म्यानेजमेन्टका साथै शिक्षा विषय शैक्षिक वर्ष २०८३र२०८४ देखि थप गर्न लागेको हो ।
होटल म्यानेजमेन्टको लागि सुविधा सम्पन्न ल्यावको समेत व्यवस्थापन गरिने आईतबार भएको १२ कक्षाको बधाई र विदाई कार्यक्रममा जानकारी गराईएको हो । कार्यक्रममा हरेक कक्षालाई प्रविधि मैत्री, व्यवहारीक र प्रयोगात्मक माध्यमद्वारा कक्षाहरू सञ्चालन गरिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका ४ का वडाध्यक्ष नवीन सिग्देलले बताउनु भयो । उहाँले शिक्षालाई समयसापेक्ष जनशक्ति उत्पादन गर्नको लागि विध्यालय सबै अभ्यास गर्न भौतिक र शैक्षिक सुधारलाई गुणस्तरीय र प्रभावकारी बनाईने बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमीरेले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्याललयको प्राथमिकता रहेको बताउनु भयो । शैक्षिक, अतिरिक्त र प्रविधिमैत्री बनाउँदै स्मार्ट कक्षा, स्मार्ट विधालय र स्मार्ट शिक्षा बनाउन विद्यालय प्रशासन लागि परेको बताउनु भयो । कार्यक्रममा ११ र १२ संयोजक राम श्रेष्ठ, शिक्षक सरस्वती अधिकारी, विद्यार्थी राधिका थिङ्ग लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नगरस्तरीय परीक्षामा विद्यालयले कक्षा ८ को नतिजामा चार जना चार जिपिएसहित विध्यार्थी उत्रिर्ण गराउन सफल भएको छ ।




