नेकपाको स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो

लोकप्रिय

काठमाडौँ, वैशाख ९ गते । नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ । विक्रम संवत् २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको स्मरणमा अहिले विभिन्न समूह र नाममा रहेको कम्युनिष्ट पार्टीहरूले छुट्टाछुट्टै स्थापना दिवस मनाएका हुन् ।

नेकपाको स्थापना दिवसका नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा  गरेको कार्यक्रममा नेताहरूले निर्वाचनको पराजयलाई स्विकार्दै जनताको बीचमा गएर थप मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपाध्यक्ष द्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायतका नेताहरूले अहिलेको पराजयलाई शिक्षाका रुपमा लिएर नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै नेकपाको स्थापना दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपालमा कम्युनिस्ट आन्दोलनले खाएको धक्का क्षणिक भएकाले यसको वस्तुवादी समीक्षा गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । नेकपा संयोजक प्रचण्डले अहिलेको अवस्थालाई कम्युनिष्ट आन्दोलन भित्र देखिएका कमजोरीहरूमा सुधार गर्ने अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एउटा चुनावबाट हारबाट आन्दोलन विचलित हुन नहुने बताउनुहुँदै विगतका कामको समीक्षा गरी भविष्यमा आउन सक्ने चुनौती सामना गर्ने हिम्मत जुटाउनुपर्ने बताउनुभयो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles