राष्ट्रपतिबाट सार्वजनिक खरिद र सहकारीसम्बन्धी अध्यादेश जारी

लोकप्रिय

काठमाडौँ, वैशाख १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश बिहीबार जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले बिहीबार नै सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सो अध्यादेश जारी गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले बताउनुभएको छ ।

ताजा समाचार

Related Articles