प्रहरी स्कुलका विद्यार्थीलाई क्षति न्यूनीकरणसम्बन्धी प्रशिक्षण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते । चितवनको शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलले विपदका घटनाबाट हुनसक्ने क्षति न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।
विद्यालयले शैक्षिक सत्रको शुरुवातीसँगै विद्यालयमा अध्ययरत विद्यार्थी, कार्यरत शिक्षक कर्मचारीहरुलाई विपदबाट हुनसक्ने क्षति न्यूनीकरणसम्बन्धी प्रशिक्षण प्रदान गरेको हो ।
विपदका घटना कति बेला आउँछ भन्ने पूर्वानूमान गर्न सकिंदैन तर त्यबाट हुने क्षति न्यूनीकरण गर्न र सुरक्षीत हुने उपायहरूबारेमा जानकारी दिन प्रशिक्षण प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आकस्मिक रुपमा हुने विपदीय घटनाको सम्बन्धमा जानकारी दिने, सुरक्षीत हुने तौर तरिका सिकाउने र सो सम्बन्धी अभ्यस्त हुन अभ्यास गराउन आवश्यक छ ।

आकस्मिक रुपमा हुनसक्ने भूकम्प, आगलागी, चट्याङ, हावाहुरी आउँदा के कसरी सुरक्षित हुने, शिक्षक एवम् कर्मचारीहरुले विपदको समयमा के कसरी कार्य गर्ने सवालमा नमुना अभ्याससहित सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।
अभ्यासको क्रममा भूकम्प आएको समयमा विद्यार्थीहरु कक्षा कोठामा हुँदा के कसरी सुरक्षित हुने, कक्षामा भएका शिक्षकहरुको के कस्तो भूमिका हुने, विद्यालयको सुरक्षित हुने स्थान छनौट गर्ने, सुरक्षित स्थानसम्म कसरी जाने, कुन कक्षाको विद्यार्थी कहाँ जम्मा हुनेलगायतका विषयमा शिक्षक, विद्यार्थी एवम् कर्मचारीहरुलाई अभ्यास गराईएको थियो । अभ्यासको क्रममा घाईते विद्यार्थीको उपचार, खोजतलास, अन्य निकायसँग समन्वयलगायतमा शिक्षक कर्मचारीका साथै विद्यार्थीहरुलाई अभ्यस्त बनाईएको थियो ।

नेपाल प्रहरीको विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यालयका प्रशिक्षक, स्वास्थ्यकर्मी, विद्यायमा कार्यरत सुरक्षाकर्मी सहयोगमा पूर्व तयारीको अभ्यास गरिएको थियो । अभ्यास पश्चात् शैक्षिक सत्रभरि विद्यालय सञ्चालन हुँदा कुनै आकस्मिक विपदका घटना भएमा कुन शिक्षक कर्मचारीहरुले के कस्तो भूमिका निर्वाह गर्ने हो सोको जिम्मेवारी समेत प्रदान गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । साथै विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिएको छ । अभिभावकहरुलाई सुरक्षा, शिक्षा, अनुशासन प्रति प्रतिबद्धा राखेर नियमित पठनपाठन गरिरहेको र विद्यार्थीहरुलाई पठनपाठन बाहेका अन्य गतिविधिमा सहभागी गराउँदै आएको समादेशक थापाले वताउनुभयो ।

ताजा समाचार

Related Articles