सीमा समस्या कूटनीतिक प्रयासबाट समाधान गरिने

लोकप्रिय

काठमाडौं, वैशाख २५ गते । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागिपरेको जनाएको छ  । मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो । “कूटनीतिक प्रयासले नै समस्या समाधान गर्नेमा हाम्रो स्पष्ट धारणा छ”, उहाँले भन्नुभयो ।

चीन र भारतबीच सञ्चालन हुने कैलाशमान सरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख २० गते नै सार्वजनिक गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ ।

नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य १८१६ को सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । साथै यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

ताजा समाचार

Related Articles