खासकुरा संवाददाता
हेटौँडा, असार १२ गते । मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित भिरबाट लडेर चन्द्रबहादुर मोक्तानको मृत्युभएको छ ।
भीमफेदी गाउँपालिका ३ मराङचोक बस्ने वर्ष ६० का (मोक्तान गएराति १० बजेको समयमा आफ्नो घरदेखि करिब एक किमि उत्तरतर्फ रहेको भिरबाट करिब दुई सय फिट तल खसे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




