रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

लोकप्रिय

काठमाडौँ, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरी आज सम्पन्न भएको छ । चितवनमा जारी महाधिवेशन अन्तर्गत आज महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो ।

आज सम्पन्न मतदानमा महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित हुनुभएको छ ।  यस्तै महामन्त्री पदमा विपिन आचार्य, खुल्ला तर्फको सहमहामन्त्री पदमा असिम शाह र हरि ढकाल तथा महिला तर्फको सहमहामन्त्री पदमा निशा डाँगी विजयी हुनुभएको छ । रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

यसअघि हिजो केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यका निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ । नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण समेत आजै सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७ गते आइतबारदेखि चितवनमा चलेको थियो ।

ताजा समाचार

Related Articles