हेटौँडा, वैशाख ३० गते । हेटौँडा उपमहानगरपालिका कार्यालय र कैलाश गाउँपालिमामा करदाता सेवा सञ्चालन गर्न आन्तरिक राजश्व कार्यालय, हेटौँडासँग सम्झौता गरिएएको छ ।
कैलाश गाउँपालिमा र आन्तरिक राजश्व कार्यालय, हेटौँडाबिच करदाता सेवा सञ्चालन गर्न बुधबार सम्झौता भएको हो
हेटौँडा उपमहानगरपालिकाले आगामी जेठ १३ गतेदेखि करदातासँग सम्बन्धित विभिन्न सेवाहरू स्थानीय तहबाटै प्रदान गर्ने गरी सम्झौता भएको हो ।
कैदाश गाृँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले करदातालाई सहज, छिटो तथा पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले करदाता सेवा सञ्चालन गर्न सम्झौता गरिएको जानकारी दिनुभयो ।
सम्झौतासँगै उपमहानगरपालिकाबाट करदाता दर्ता, स्थायी लेखा नम्बर (प्यान) सम्बन्धी सेवा, मूल्य अभिवृद्धि कर (भ्याट) दर्तालगायतका सेवाहरू उपलब्ध हुनेछन् ।

हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले अन्तःशुल्क दर्ता तथा इजाजतपत्र नवीकरण, व्यक्तिगत प्यानलाई व्यावसायिक प्यानमा रूपान्तरण, करदाता विवरण तथा अभिलेख अद्यावधिक गर्ने, आयकरबाट भ्याटमा रूपान्तरण गर्ने, दर्ता खारेजी, कर चुक्ता प्रमाणपत्र जारी, कार्यालय स्थानान्तरण तथा शाखा थप सम्बन्धी सेवा, करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन र करदाताको बक्यौता लगत सम्बन्धी कार्य गर्ने बताउनुभयो ।
करदाताले सामान्य कर प्रशासनसम्बन्धी सेवाका लागि आन्तरिक राजश्व कार्यालय धाउनुपर्ने बाध्यता कम हुने तथा स्थानीयस्तरमै सेवा प्राप्त हुने भन्दै नगरप्रमुख लामाले यसबाट व्यवसायी, उद्योगी तथा सर्वसाधारण करदातालाई समय र खर्च बचत हुने विश्वास व्यक्त गर्नुभयो ।
मकवानपुरमा यसअघि मनहरी, बकैया र बागमती गाउँपालिकामा करदाता सेवा सुरु भईसकेको छ । साथै थाहा नगरपालिका र ईन्द्रसरोवर गाउँपालिकामा करदाता सेवा सञ्चालन गर्न ती स्थानीय तहसँगै आन्तरिक राजस्व कार्यालय, हेटौँडाले सम्झौता गरेको छ ।




