लागू औषधसहित छ जना पक्राउ

लोकप्रिय

हेटौँडा, वैशाख ३० गते । मकवानपुरको विभिन्न स्थानबाट लागूऔषध खैरोहेरोईनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नं.१० बाट बुधबार चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका वडा नं.३ घर भई हाल हेटौँडा ४ डेरा गरी बस्ने वर्ष २३ को रोहन कुशवार, इटहरी उपमहानगरपालिका वडा नं.१० घर भई हाल हेटौँडा ४ डेरा गरी बस्ने वर्ष २४ की सुमित्रा राई रहेका छन् ।
शंककास्पद अवस्थामा पैदल हिडिरहेका कुशवारलाई खानतलासी गर्ने क्रममा निजको साथबाट १४० मिलिग्राम लागु औषध खैरोहेरोईन फेला परेको हो ।

कुशवार र राईलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागू औषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो ।
यस्तै तीन ग्राम २८० मिलि ग्राम लागूऔषध खैरो हेरोईनसहित मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ बाट चार जना पक्राउ परेका छन् ।
बकैया गाउँपालिका वडा नं. ७ का विजय भोलनको घरमा शङ्कास्पद रुपमा बसिरहेको अवस्थामा ३४ वर्षीय विजय भोलन, २३ वर्षीय विशाल लोप्चन, बकैया ३ का ३४ वर्षीय संजिव लामा र जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ का १९ वर्षीय विजय मोक्तान पक्राउ परेका हुन् ।
चारै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles