नारायणी संघको साधारणसभा तथा अधिवेशन हुँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २५ गते । नारायणी यातायात व्यवसायी संघको ३७ औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशन यही शुक्रबार र शनिबार हेटौँडामा हुने भएको छ ।
देशकै अग्रणी यातायात व्यवसायी संस्थामध्येको एक नारायणी यातायात व्यवसायी संघको वार्षिक साधारणसभा तथा अधिवेशनको पहिलो दिन शुक्रबार उद्घाटन र दोस्रो दिन असार २७ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुनेभएको हो  ।
साधारण सभाको पहिलो दिन संघको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति, आगामी कार्ययोजनासहितका प्रस्तावमाथि छलफल पारित गर्ने कार्यतालिका रहेको संघका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।
हेटौँडामा मुख्य कार्यालय रहेको संघमा साना–ठूला मालवाहक तथा यात्रुवाहक सवारीसाधन आबद्ध रहेका छन् । साथै शाखा कार्यालयहरू वीरगञ्ज, भरतपुर र काठमाडौँलगायतका स्थानमा रहेको छ ।
संघले मर्यादित यातायात व्यवसायसँगै यातायात व्यवसायीहरुको हकहितका लागि स्थापनाकालदेखि निरन्तर आवाज उठाउँदै आएको महासचिव खनालले बताउनुभयो ।
संघले व्यवसायीहरूको हितसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक आर्थिक क्षेत्रमा सहयोग एवं योगदान गर्दै आएको महासचिव खनालको भनाई छ ।

ताजा समाचार

Related Articles