संसदीय समिति सभापतिको निर्वाचन स्थगित

लोकप्रिय

धनगढी, असोज १० गते । 

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभातिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । 

प्रदेश सरकारको आग्रहमा निर्वाचन स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । सचिवालयले गत आइतबार मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरिएको थियो ।

तालिकानुसार शुक्रबार (असोज १२ गते) समितिका सभापतिहरुको निर्वाचन तय भएको थियो । पूर्व निर्धारित मितिमा अब निर्वाचन नहुने बोगटीले बताउनुभयो । 

प्रदेश सभा सचिवालयले चारवटा विषयगत समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । समितिहरु लामो समयदेखि सभापतिविहीन छ । समितिमा सभापति नै नरहेका कारणले सार्वजनिक लेखा समितिबाहेक अन्य समितिहरुको बैठक पनि खासै बस्ने गरेको छैन ।

ताजा समाचार

Related Articles