विरोध र वहिष्कारका बिच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

लोकप्रिय

काठमाडौँ, वैशाख ३१ गते । प्रतिपक्षी सांसदहरूको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाको बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बिहीबार पारित भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू उभिएर विरोध गरेका थिए।

प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।
प्रतिनिधिसभा बैठक बहिष्कार गर्नेमा नेकपा एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू छन्।
विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा जबाफ दिनुनुभएको थियो ।
नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो।

ताजा समाचार

Related Articles