हेटौँडा, वैशाख ३१ गते । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले आफ्नो वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई विभिन्न सीप प्रदान गर्ने भएको छ । वडाभित्रका विभिन्न विद्यालयका ७५ जना विद्यार्थीलाई व्यावसायिक तालिम प्रदान गरी सीप सिकाउन लागेको हो । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी सुरु गरिएको व्यूटी पार्लर र ईलेक्टिक तालिमको बिहीबार उद्घाटन गरिएको छ ।

तालिमको उद्घाटन गर्दै हेटौँडा वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले विद्यालयदेखि नै विद्यार्थीलाई सीप दिनुपर्ने बताउनुभयो ।
विद्यार्थीलाई व्यावसायिक सीपमूलक तालिम आवश्यक रहेको भन्दै शनिबार र आइतबारको दुईदिनको बिदामा जेठ र असार दुई महिना तालिम सञ्चालन गर्ने योजना रहेको सुनाउनुभयो ,
भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरे र शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष तथा श्रमिक माविका प्रअ श्रीराम दाहालले तालिमलाई व्यवहारमा सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी माविका सहायक प्रअहरू भरत पोखरेल, वेदराज कोइरालालगायतको आथित्यता रहेको थियो ।




