४ जीपीए प्राप्त गर्ने १३ जना विद्यार्थी नगदसहित सम्मानित

लोकप्रिय

हेटौँडा, वैशाख ३१ गते । हेटौँडा उपमहानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जीपीए प्राप्त गर्ने मकवानपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई सम्मान गरेको छ ।
उपमहानगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने १३ जना विद्यार्थीलाई जनही छ हजार रुपियाँ नगद र प्रमाणपत्रसहित बिहीबार सम्मान गरेको हो ।
सम्मानित विद्यार्थीहरूमा सामुदायिक विद्यालयतर्फ आधुनिक माध्यामिक विद्यालयका प्रशान्त यादव र बालज्योति माविका शुभम खनाल रहनुभएको छ ।

यस्तै संस्थागत विद्यालयतर्फ नवोदय शिशु सदन अङ्ग्रेजी माविकी वृष्टि जयसवाल, परजन्य कुशवाह र पूर्णता गोर्खाली, जीएस निकेतन माविका एलेक्स घिमिरे, समीक्षा यादव र रौनक भण्डारी, बालजागृति ईङ्लिस माविकी देविना सञ्जेल र रेनिसा सापकोटा, ब्रह्मदिक एकेडेमीकी कुष्मा लौडारी र आभास घिमिरे फ्यामकल एकेडेमीका कृष्ण रिजाल सम्मननित हुनुभएको छ ।
कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामाले विद्यार्थीहरूको मेहनत, अनुशासन तथा लगनशीलताले शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको भन्दै आगामी दिनमा समेत निरन्तर उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले सम्मान गरिएको बताउनुभयो ।

यसैबिच माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा मकवानपुरमा ५१ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्णभएका छन् ।
एसइईको सोमबार सार्वजनिक भएको नतिजा अनुसार मकवानपुरका ५०.९९ प्रतिशत उत्तीर्ण भएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका अनुसार जिल्लाका पाँच हजार ५२७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये दुई हजार ८१८ जना विद्यार्थीले माथिल्लो कक्षा भर्ना हुनका लागि आवश्यक ग्रेड प्राप्त गरेका छन् ।
परीक्षामा सहभागी भएकामध्ये दुई हजार ७०९ जना विद्यार्थी नन् ग्रेडेड (एनजी) भएका छन् ।

ताजा समाचार

Related Articles