लागूऔषधसहित हेटौँडाबाट तीन जना पक्राउ

लोकप्रिय

हेटौँडा, जेठ १ गते । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ कमलडाँडास्थित सजिना लामा पाख्रिनको डेरा कोठाबाट लामासहित तीन जनालाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

हेटौँडा वडा नं.१५ घर भइ हाल वडा नं.४ बस्ने वर्ष २२ की सजिना लामा पाख्रिन, वर्ष २७ को अमुल प्रजापति र वर्ष २८ को विमल श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी निरीक्षक राजु प्रसाद कर्मीले जानकारी दिनुभयो । प्रहरीले कोठामा खानतलासी गर्ने क्रममा लुकाई राखिएको अवस्था ३७० मिलिग्राम लागुऔषध खैरो हेरोईन, १६ ग्राम ३८० मिलिग्राम लागूऔषध अफिम र डिजिल तौल मेसिन (तराजु) समेत फेला पारेको छ ।
उक्त सामान बरामद गरी तीनै जनालाई मकवानपुर जिल्ला अदालत हेटाँैडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles