छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना घाइते

लोकप्रिय

हेटौँडा, जेठ २ गते । चितवन जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्युभएको छ ।
चितवनको कालिका नगरपालिका–३, पदमपुरमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्युभएको छ । बागमती प्रदेश ०६–००१ प ९२७ नम्बरको स्कुटर गत वैशाख २१ गते साँझ ५ बजेको समयमा बिजुलीको तारमा अल्झिएर दुर्घटना हुँदा स्कुटर चालक कालिका नगरपालिका–५ का १६ वर्षीय भीमबहादुर राणाको मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राणालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–३, लायन्सचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान २ बजेको समयमा आनन्दमार्गबाट लायन्सचोकतर्फ जाँदै गरेको बा ९२ प ३१३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्युभएका अन्दाजी ३० वर्षीय मोटरसाइकल चालकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका ती पुरुष व्यक्तिलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले बिहान २ः२५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

ताजा समाचार

Related Articles