वैदिक संस्कृत गुरुकुलमलाई खाद्यान्न सहयोग जुट्यो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २ गते । हेटौँडा उपमहानगरपालिका १८ स्थित हर्नामाडीमा वैदिक वानप्रस्थ आश्रमद्वारा संचालित वैदिक संस्कृत गुरुकुलमलाई खाद्यान्न सहयोग प्राप्त भएको छ ।
जगतगुरुत्तम श्री कृपालु जी महाराजको स्मृतिमा जगतगुरुत्तम मन्दिर आध्यात्म केन्द्र, हेटौँडा र डिभाइन युवा क्लब नेपाल, हेटौँडा खाद्यान्न सहयोग गरेको हो ।
विद्यालयलाई एक वर्षका लागि सम्पूर्ण खाद्यान्नको प्रवन्ध गरिदिने गरी सम्झौता गरिएको छ ।

राधा माधव समिति, नेपालका कावा अध्यक्ष सभाध्यक्ष सुरेश प्रकाश आचार्यको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यतामा शनिबार विद्यालय परिसरमा भएको कार्यक्रममा खाद्यान्न हस्तान्तरणसहित सहयोगको प्रतिबद्धता गरिएको थियो ।
कार्यक्रममा वैदिक संस्कृत गुरुकुलम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीता विष्ट, आश्रमका उपाध्यक्ष केशवराज पण्डित, सचिव पुरुषोत्तम अधिकारी, ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामवावु खतिवडा, ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, ठुलोदमार टोल विकास संस्थाका अध्यक्ष कुमार महतलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles