गाँजासहित पाँच जना पक्राउ

लोकप्रिय

हेटौँडा, असोज १० गते ।

मकवानपुर प्रहरीले गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
हेटौँडाको छुट्टाछुट्टै स्थानबाट ८० केजी गाँजासहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका १४ कालिकादेवी खोल्चास्थित झाँडीमा ६० किलो गाँजा लुकाई राखिएको अवस्थामा ना २१ प २६१४ नं. को मोटरसाईकल चालक हेटौँडा १३ वर्ष ४० का औतर सिं हिम्डुङ र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ६ का वर्ष ३३ का धनबहादुर विकलाई फेला पारेको प्रहरीको भनाई छ । उक्त गाँजाको बारेमा सोधपुछ गर्दा पर्सा जिल्ला बहुदरमाई नगरपालिका ६ का वर्ष २२ का विनय यादवले मगाएको बताएपछि निज विनय यादवलाई वीरगञ्ज प्रहरीसँग समन्वयमा वीरगञ्ज महानगरपालिका ३० परवानीपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीे जानकारी दिनुभयो । उहाँका अनुसार तीनजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
यस्तै प्रहरीले हेटौँडा १५ चुरियामाईस्थित वनदेवी सामुदायिक वनको भित्री बाटोमा प्रदेश ३–०१–०२५ च. ५७८३ नं. को बोलेरो गाडी रोकी जाँच गर्दा २० किलो आठसय ग्राम गाँजा फेला परेको छ ।
बोलेरो गाडी चालक चितवनको राप्ती नगरपालिका ३ का वर्ष २२ का अशोक थिङ र सोही बोलेरोमा सवार वडा नं. १ का वर्ष ३२ का विशन चेपाङलाई खानतलासी निजहरुको शरीर तथा बोलेरो गाडीको पछाडि ढालाभित्र लुकाई राखेको अवस्थामा गाँजा फेला परेको थियो । प्रहरीले गाँजा, बोलेरो गाडीसहित अशोक थिङ र विशन चेपाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

ताजा समाचार

Related Articles